नेपाली काँग्रेसको एप सार्वजनिक


खबरस्टोरी संवाददाता
२४ मंसिर २०७८, शुक्रबार
नेपाली काँग्रेसको एप सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका अवसरमा काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।