नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित
खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
काठमाडौँ। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ पास भएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले पुष्टि गरे ।