Media Network

नेपाल र चीनबीच नौ बुँदे सम्झदारीपत्रमा हस्ताक्षर


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं । नेपाल र चीनबीच नौ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीको उपस्थितिमा नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माणको सम्भाब्यता अध्ययन,  नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु लगायतका विषयमा समझदारी भएको छ । 

यस्तै, नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्नेलगायत विषयमा पनि दुई पक्षबीच समझदारी भएको छ । 

यसैगरी, नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल–चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत सम्भारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी भएका थिए ।

समझदारीअघि परराष्ट्र मन्त्रीहरुवीच र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो । 

विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद