Media Network

नेपाल दोस्रो युक्रेन हुनसक्ने देव गुरुङको चेतावनी


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले देशको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै प्रधानमन्त्री र प्रधानसेनापतिको आसान्न अमेरिका भ्रमण स्थगित गर्न माग गरेका छन् । 

पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढेको र तिनीहरुको गतिविधिले नेपाललाई सैन्य गठबन्धनमा सामेल बनाउन खोजेको भन्दै यदि नेपाल उक्त गठबन्धनमा सामेल भए नेपाल दोस्रो युक्रेन हुन सक्ने चेतावनी दिए । सोहि अवस्थालाई ध्यान दिदैं प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्दा मुलुकलाइ फाइदा हुने बताए । 

बिहिबार प्रतिनिधि सभा बैठकमा बजेट माथीको छलफलमा भाग लिदै सत्ता गठबन्धनका नेता गुरुङले अमेरिकाले नेपाललाई आफ्नो सैन्य रणनिति अनुसार स्टेट पाटर्नरसिपमा राख्न खोजेको भन्दै यसलाई रोक्न नेपाली पक्ष सतर्क र सजक हुनुपर्छ भन्दै संसद मार्फत सरकारको ध्यान आर्कषण गराए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद