नेपालगन्जको मेयरमा कांग्रेसबाट प्रशान्त विष्ट उम्मेदवार


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
नेपालगन्जको मेयरमा कांग्रेसबाट प्रशान्त विष्ट उम्मेदवार
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाको नेपाली कांग्रेसले मेयरमा प्रशान्त विष्टलाई उम्मेदवार बनाएको छ । 

लुम्बिनी प्रदेश कमिटीले नेपालगन्जको कांग्रेस नगर सभापति विष्टलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको भागमा परेपछि नेपालगन्जको मेयरमा उम्मेदवार बनाएको हो । 

 नेपालगन्जको उपमेयर पाएको जसपाले कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।विष्ट लगातार तेस्रो कार्यकाललाई नगर सभापति निर्वाचित भएका हुन् ।