Media Network

नेपालमा लगानी भित्राउन खेलमन्त्री गहतराजको आग्रह


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहनुभएका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् । 

रुस भ्रमणको अन्तिम दिन बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री गहतराजले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन् । 

नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न मन्त्री गहतराजले आग्रह गरे । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए ।

बिदेशमा आर्जन गरेको सिप र स्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी ब्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भईरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेका हुन् । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारीक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज शुक्रबार स्वदेश फर्किँदैछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद