नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताईन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौं । निर्माणका काम रोकेर नबसौं ।” ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए । अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन हुनुपर्नेमा जोड दिए ।