Media Network

निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता, कर्मा लामा अध्यक्ष


खबरस्टोरी संवाददाता

६ मंसिर २०७८,सोमबार

काठमाडौं । निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी नामको नयाँ दल दर्ता भएको छ ।

दलको अध्यक्ष कर्मा लामा तामाङ रहेकी छन् । कर्माको अध्यक्षतामा गठित दलमा २१ सदस्यीय तदर्थ संघीय समिति बनाइएकोछ  । 

पदाधिकारीमा अध्यक्ष कर्मा, उपाध्यक्ष अजीता राई, सचिव छिरिङ  तामाङ र संगीता बटाजुलगायत छन् ।

उक्त दललाई आयोगले चुनाव चिन्ह कुकुरको मुखाकृति दिएको छ । नेपाल विवेकशील पार्टीको दल दर्ता नम्बर १७४ रहेको छ ।

निर्वाचन आयोगको गत कात्तिक ३० मा बसेको बैठकले पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद