Media Network

निर्वाचन कार्यक्रम तयार : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १६ गते नामावली प्रकाशन


खबरस्टोरी संवाददाता

४ चैत्र २०७८,शुक्रबार

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम तयार पारेको छ। निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । 

उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।  उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।  ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद