Media Network

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौँ। नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकि छन् । 

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकि हुन् । 

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भनिन् ।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताइन् । उनले भनिन्,  “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।” 


Share:
Reaction :
ताजा समाचार
खेलकुद