Media Network

निर्वाचनमा गठबन्धन इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका दलहरु इमानदार नभएको निष्कर्ष निकालेको छ ।

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।

नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।

स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद