Media Network

प्रचण्डसँग रिसाएका नारायणकाजीलाई विप्लवको यस्तो प्रस्ताव


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार बिहान नेता श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो । 

भेटमा विप्लवले एमसीसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकोले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ । यस्तो बेला श्रेष्ठ र विप्लवबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद