काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई पार्टी बाट अलग नहुन आग्रह गरेका छन् । बिहिवार विहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबिच छलफल भएको थियो । छलफल पार्टी एकता कामय गर्ने विषयमा केन्द्रीत भए पनि निष्कर्ष विहिन टुङ्गीएको जनाइएको छ ।
व्याख्यात्मक घोषणा सहित अमेरिकी सहयोग परियोजना मिलीनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदबाट पास गर्न नेकपा माओवादी केन्द्र सहमत भएपछि नेता श्रेष्ठले यो निर्णयको सार्वजनिक रूपमै असहमति जनाएदै आएका थिए ।
परन्तु अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा कसैले पार्टी छोडेर गएपनि केही फरक नपर्ने भन्ने अभिव्यक्ति दिएपछि यी दुई नेताको बिचमा दरार पैदा भएको थियो । पत्रकार सम्मेलनमा अभिव्यक्ति दिएपछि प्रचण्ड आफै नारायणकाजी श्रेष्ठको निवास हातिवन भेट्न गएका थिए ।
यहि विषयलाइ लिएर नेकपा (माओवादी केन्द) फुटको संघारमा पुगेको देखिन्छ । यता नारायणकाजी श्रेष्ठले बिहीवार मात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव संग भेटवार्ता गरेका थिए ।