Media Network

नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

शुक्रबारदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उनले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष उनले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसकेका छन् । तनहुँको व्यास नगरपालिका–११ निवासी उनि विसं २०७४ मङ्सिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत बनेका थिए ।

जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद