Media Network

नेता परियारद्वारा सहमहामन्त्री उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । 

"हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ", उनले भने । उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद