Media Network

नीति तथा कार्यक्रमको बुदा नम्बर १३६ ले प्रष्टसंग भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने घोषणा गरेको छ : केपी ओली


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको १३६ नम्बर बुदामा भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने घोषणा गरेको दाबी गरेका छन् ।

बिहीवार संसदमा सम्बोधन गर्दै उनले भने “बुदा नम्बर १३६ ले ढुक्क संग भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने घोषणा नै गरेको छ । प्रवद्र्धन गर्ने भनेको त नेपाली भषामा वृद्धि गर्ने, बढाउने भन्ने अर्थ हुन्छ हैन् त” ।

ओलीले यो बुदा बाहेक अन्य बुदाले पनि भ्रष्टाचार गर्न मार्ग प्रशस्त गरेको बताएका छन् । उनले  यो विषयमा आफुलाई बोल्न मन नभएको तर प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको विषयमा छलफल गरौँ भनेकोले आफुले यस विषयमा बोल्न बाध्य भएको बताएका छन् ।

नीति तथा कार्यक्रममा बजेट प्रति खेलबाड हुने कुराहरु उल्लेख भएको बताउदै ओलीले सत्तापक्षलाई यो कुरालाई असत्य साबीत गर्न चुनौति समेत दिएका छन् । अहिलेको नीति तथा कायक्रमको दस्तावेज देशलाई अस्थिरतातर्फ धकेल्नको लागि ल्याएको र पाँचदलिय गठबन्धनको अस्थिरताको घोषणापत्र भएको ओलिको भनाइ छ । 

ओलीले आफुले संसदमा बोलेका कुराहरुमा सत्तापक्षीय नेताहरुलाई कुनै आपत्ति भए उहाँहरुसंग सत्य प्रमाण र तथ्य सहित बहस गर्न तयार रहेको समेत बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद