Media Network

नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीकाे शपथ, आजै पदभार सम्हाल्ने


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज एक साथ सपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । 

एकीकृत समाजवादीले सिफारिस गरेका सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा, शेरबहादुर कुँवर  र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीले सपथ ग्रहण लिएका हुन् । सपथ लिएका मन्त्रीहरुले आज नै कार्यभार समाल्दैछन् । 

एकीकृत समाजवादीले केही दिन अघि नै नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बझाए पनि बजेटमाथि छलफल भैरहेको भनेर मन्त्री मण्डल पुर्नगठन हुन सकेको थिएन् । समाजवादीको दवाबपश्चात् आइतबार समाजवादीका मन्त्रीले राजीनामा दिएसँगै  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री मण्डल पुर्नगठन गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद