काठमाडौं । अमेरिकी सहायता परियोजना एसमिसीको विरोध गर्दै भएको प्रदर्शनले आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। यसैबीच प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ भने आक्रोशमा आएर प्रदर्शनकारीले प्रहरीमाथि पानीका बोतल तथा ढुंगामुढा प्रहार गरिरहेका छन्।
प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन्। प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरा र अश्रु ग्यास समेत हानेको छ। प्रदर्शनमा हाल बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन्। प्रदर्शनकारीलाई तितरवितर पार्न विभिन्न स्थानमा पानीका ट्यांकर राखिएका छन् भने प्रहरीको बाक्लो उपस्थित रहेको छ।