Media Network

नयाँ मन्त्रीहरूले भोलि सपथ लिने


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौ । नेकपा(एकिकृत समाजवादी)ले सरकारमा सहभागी हुनका लागि पार्टीको तर्फबाट नयाँ मन्त्रीहरुको सपथ भोलि हुने भएको छ।

 प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहेको छ।आइतबार नै मन्त्री फेरवदलको तयारी गरिएपनि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सोमबार राष्ट्रियसभामा बिषयगत मन्त्रीका रुपमा जवाफ दिने कार्यक्रम बाँकि रहेका कारण सपथ ग्रहणको कार्यक्रम सोमबारका लागि सारिएको हो ।

 अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए ।आजै मात्र सरकारमा सहभागी भएका पर्र्यटन मन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाक्रिले आ आप्नो मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर राजीनामा दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद