Media Network

नयाँ समीकरणको प्रयत्न भइरहेको छ : प्रचण्ड


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको खुलासा गरेका छन् ।

आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले आफूहरुलाई चुनौती र अवसर दुवै रहेको र कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए ।

“गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ ।

बैठकमा अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने प्रचण्डले बताएको उनले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद