निर्वाचन आयोगकाअनुसार स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । शुक्रबार सपथ लिनका लागि निर्वाचित अधिकांश स्थानीय जनप्रतिनिधिहरु भने मन्त्रीले जस्तै नयाँ दौरा सुरुवाल र कोटमा सजिएका थिए । स्थानीय जनप्रतिनिधिहरुको सपथ कार्यक्रमले मन्त्रीको सपथको आभाष दिलाएको छ ।
वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६६५ स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ ।