मानन्धरले बिहीवार पार्टी प्रवेश गर्ने विषयमा ओली निवास बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेकी हुन् । मानन्धरले एमाले सांसद गंगा चौधरी सहित बालकोट पुगरेर ओली संग भेटवार्ता गरेको जनाइएको छ । मानन्धरले एक औपचारिक कार्यक्रमबाट एमाले प्रवेश गर्ने छिन् ।
केही समय अघि पनि मानन्धर ओलिलाई भट्न बालकोट नै पुगेकी थिइन् । मानन्धरले कक्षा १२ को परिक्षा दिएर सकाएपछि एमाले अध्यक्ष ओलीले फोन गरी परिक्षाको बारेमा बुझ्नुको साथै बधाई समेत दिएका थिए ।
यस अघि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध रहेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा क्रियाशिल रहेकी भने थिइनन् ।