बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।
न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।