Media Network

न्यायाधीशको घुस काण्डको अडियो बाहिरीएपछि न्यायपरिषद्को बैठक डाकियो


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौँ । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारेको अडियो बाहिरिएको छ ।

न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ न्यायापरिषद्को बैठक आह्वान गरेका छन् ।

न्यायाधीश र वकिलबीचको संवादले अदालत सिगो न्यायलयमाथि गम्भीर प्रश्न खडा भएपछि  एकाएक न्यायपरिषद्को बैठक डाकिएको हो ।सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन् ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद