Media Network

रूसले फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्छ : वामदेव गौतम


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाण्डौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले रूसले सीमा बाहिर राखेका फौजी अखडाहरू आफ्नो सीमाभित्र लैजानुपर्ने बताएका छन् । 

एक विज्ञप्ति जारी गर्दै गौतमले नेटो र हिन्द प्रशान्त सैनिक संगठन भंग गरी रूसले  सीमा बाहिर राखेका  सैनिक अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्ने  बताएका छन् । उनले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न युक्रेनमाथि रूसले अन्यायपूर्ण तरिकाले युद्ध सुरू गरिरहेको उल्लेख गरेका   छन् ।

यो दोस्रो विश्वयुद्धको अन्त्यपछि विकसीत भएको विश्व प्रवृति र शान्तिको विरूद्धमा छ । यो शान्तिपूर्ण रूपमा विकास चाहने सानाराष्टरूको चाहना विरूद्धमा छ । यि दुई राष्ट्रबीचको समस्या समाधान गर्न शान्तिपूर्ण ढंगबाट वार्तामा बस्नु पर्छ । यो अवस्थालाई मध्यनजर गरी रूसले तत्काल युद्ध रोक्नु पर्छ र आफ्ना सैनिकहरूलाई फिर्ता बोलाउनु पर्छ , उनले भनेका छन् । 

केही दिनयता रूसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । गौतम नेकपा (एमाले) का नेता हुनुहन्थ्यो । पार्टी विभाजन पछि उनले नेकपा (एमाले) बाट राजीनामा दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद