काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालकोट पुगेका छन् ।
एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँण ओलीनिवास बालकोट गएका हुन् । सत्तागठबन्धन र एमसीसीबारे उक्त भेटमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी लगायतका विषयमा छलफल गर्न मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवटार पुगेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।