Media Network

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको वामदेवको दाबी


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौँ। राष्ट्रियसभा सांसद वामदेव गौतमले स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) सम्झौता पहिलो पटक देउवा र दोस्रो पटक ओली सरकारको पालमा भएको दाबी गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले भने- “एसपीपी सम्झौता पहिलो पटक शेरबहादुर देउवाको पालामा  र दास्रो पटक केपीजीको पालामा भएको हो । संसदबाट अनुमोदन भएको छ । यो अमेरिकी सहायता नियोग (एमसीसी) इन्डो–प्यासिफिक स्टाट्रेजी (आईपीएस) कै अंग हो । एसपीपी विषयमा अहिले समयमा नै संसदमा कुरा उठेको छ । यसबाट नेपालको शिरमाथि ब्रज प्रहार हुने वाला थियो त्यस बाट मुक्त भयौँ । एमसीसीमा देशमा भएको विरोधलाई मत्थर पार्नको लागि १० बुँदै ब्याख्यात्मक टिप्पणी भनियो ।

सांसद गौतमले भने “ जसको पालमा भएको भए पनि एसपीपी अघि बढाउने काममा नेकपा एमालेका अध्यक्ष केपी ओली त्यतिबेला प्रधानमन्त्री हुनु हुन्थ्यो उँहा त्यसमा संलग्न हुनुहुन्छ । अब एमालेले संसदमा एसपीपी सम्बन्धी सत्य तथ्य बताउनु पर्छ । सत्यतथ्य बताउदा कोही व्यक्ति र पार्टी सानो ठुलो हुँदैन् ।” 

एसपीपी सम्झौता शुशिल कोइरालाको पालामा नभएको सांसद गौतमले दाबी गरेका छन् । अहिले एसपीपीको विषयमा कुरा उठ्दा एमाले अध्यक्ष ओलीले शुशिल कोइरालको पालामा भएको हो भने पछि आफु पनि सो सरकारमा सहभागि भएको कारण आफ्नो ध्यान केन्द्रीत भएको भन्दै सांसद गौतमले भने “ शुशिल कोइरालाको पालामा भएको भए म पनि त्यसमा संलग्न हुन्छु । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीको विचारसित सहमत हुनुपर्छ । मैले प्रधानमनत्रीले गरेको हो भनेर म त्यसमा संलग्न छैन् भन्दीन् । शुशिल कोइरालाले म संग सल्लाह नगरेर केही पनि राष्ट्रिय र अन्तराष्ट्रिय निर्णय गर्नु भएन् । उहाँ मेरो नजरमा सन्त नेता हो ।”  

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद