ओलीका नेता माधव नेपालतिर


खबरस्टोरी संवाददाता
२१ आश्विन २०७८, बिहीबार
ओलीका नेता माधव नेपालतिर

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले छाडेको पत्र बाचन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई आफ्नो पार्टीमा स्वागत गरे । 

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।