Media Network

ओलीले भने- एमाले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नेपाललाई विश्वकै सर्वाेत्कृष्ट राष्ट्र बनाउन चाहेको बताएका छन् । 

आइतबार ललिपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने ‘सुशासन, विकास, मानव विकास र समृद्धिका दृष्टिले  नेकपा एमाले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउ चाहन्छ’ । 

नेपालमा राष्ट्रिय संकल्प कार्यान्वयन गर्नको लागी एउटा दलको आवश्यकता परेको र त्यो नेकपा एमालेले मात्रै गर्न सक्ने समेत ओलीले दाबी गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद