Media Network

ओलीले प्रधानमन्त्रीलाई भने– चुनाव सार्ने कोशिस नगर्नुस्


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

 सोलुखुम्बुमा सोमबार आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।” 

 ओलीले गठबन्धनमा आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप  समेत लगाए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद