ओलीलाई भेट्न बालकोट पुगे चिनियाँ नेता लिउ


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
ओलीलाई भेट्न बालकोट पुगे चिनियाँ नेता लिउ
काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा रहेका चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

लिउले मंगलबार बिहान ओली निवास भक्तपुरको बालकोटमा पुगेर भेट गरेको एमाले प्रचार बिभागका उप-प्रमुख विष्णु रिजालले जानकारी दिए ।

आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले आइतबार नै प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए भने सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।