काठमाडौं । आगामी निर्वाचन लक्षित नेकपा (माओवादी) पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लव केपी ओली पथमा देखिएका छन् ।
एमालेको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान पुगेका उनले ओलीले जस्तै सुशीला सरकारको कटु आलोचना गरे । उनले सुशीला सरकारको मात्रै आलोचना गरेनन्, अहिलेकै राजनीतिक दलहरु विना मुलुकको समृद्धि नै सम्भव नभएको बताए ।
विप्लवले ओलीले जस्तै फागुनमा निर्वाचन नहुने भन्दै तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने समेत प्रश्ताव गरे । वर्तमान सरकार अध्याँरो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने उनको तर्क थियो ।