Media Network

पाँच महिनापछि संवैधानिक इजलास गठन, आज ६ थान मुद्दा पेसीमा


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठ न्यायाधीशहरु समेटेर संवैधानिक इजलास गठन भएको छ । इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलास  करिब पाँच महिनापछि पहिलोपटक आज (शुक्रबार) गठन भएको हो । इजलास गोला प्रक्रियाबिनै गठन भएको छ । न्यायपरिषद्ले तोकेका न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन हुने भएकाले गोला तान्न नपर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध वरिष्ठ न्यायाधीश र बारको आन्दोलनपछि संवैधानिक इजलास बस्न सकेको थिएन । 

कामु प्रधानन्यायाधीश कार्कीले नेतृत्व गर्नेगरी ५ महिनापछि सुचारु भएको संवैधानिक इजलासको पहिलो पेशीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ । यस पटकको संवैधानिक इजलासमा सुखीपुर नगरपालिका सिरहा, जिल्ला सरकारी वकिल कार्यालय दाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतको सामान्य प्रकृतिको ६ थान मुद्दा मात्रै पेसीमा राखिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद