Media Network

पाँच पत्रकार बने माओवादी केन्द्रीय सदस्य


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध पाँच जना पत्रकार पार्टी केन्द्रीय सदस्य चयन गरिएका छन् । 

माओवादी सम्बद्ध पत्रकारहरुको संख्या प्रेस सेन्टरका नेता महेश्वर दाहाल, प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य माओवादी केन्द्रीय सदस्य चयन भएका छन् ।               

यस्तै, माओवादी पत्रकार तथा दलित पत्रकार नेता विनोद पहाडी तथा निर्वाचनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पत्रकार संगठन छाडेर माओवादी केन्द्र प्रवेश गरेका प्रभात चलाउनेलाई पार्टी केन्द्रमा चयन गरिएको छ । पहाडी र चलाउने माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य चुनिएका छन् । 

अरु पार्टी छाडेर आएका सबै केन्द्रीय सदस्य

माओवादीबाट विभाजित भएर अन्य पार्टीमा गई पुनः पार्टी प्रवेश गरेकाहरुलाई पनि केन्द्रीय सदस्य चयन गरिएको छ । 

हालै विप्लव नेकपा छाडेर माओवादी केन्द्र प्रवेश गरेका ओमप्रकाश पुन, मोहन वैद्यसम्बद्ध क्रान्तिकारी माओवादी छाडेका ईश्वर चन्द्र ज्ञवालीलाई केन्द्रीय सदस्य चयन गरिएको छ भने वैद्य माओवादी छाडेका निलबहादुर पुनलाई बैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ । 

योसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद