Media Network

पहिलो कार्यकालको मुल्यांकन गरेर मतदाताले अहिले मलाई सोचे भन्दा राम्रो मत दिए : रेणु दाहाल


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

चितवन । भरतुर महानगरपालीकाकी नवनिर्वाचित मेयर रेणु दाहाले आफ्नो पहिलो कार्यकालको मूल्यांकन गरेर मतदाताले अहिले आफुलाई पहिले भन्दा धेरै अभिमत दिएको बताएकी छन् । 

मंगलबार मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले अब आफुले सबैलाई मिलाएर भरतपुरको विकास गर्ने बताएकी छन् । अब पाँच वर्षमा भरपुरलाई नमुना शहर बनाउने संकल्प पुरा गर्ने उनले बताएकी छन् । 

उनले भनिन्  “भरतपुरको विकास रेणु बाट मात्र सम्मभव हुन्छ भनेर मतदाताले मलाई अभिमत दिनु भएको छ । पहिलो कार्यकालमा जनभावना अुसार काम गरे । अहिले त्यसको मुल्यांकन हो जस्तो लागेको छ । बाँकीको कार्यकालमा पनि जनताले अपेक्षा गरे अनुरुप काम गर्ने छु । प्रतिबद्धता पत्र अुसारको संकल्प पुरा गर्ने छु" ।

दाहलले मेयरको रुपमा आफ्नो यो अन्तिम कार्यकाल हुने भन्दै अबको एक सेकेन्ड समयलाई पनि आफुले खेर नफाल्ने, आफ्नो ठाउँबाट सक्रियता र योगदानको कमी हुन नदिने प्रतिबद्धता जाहेर गरेकी छन् ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद