Media Network

पोखरामा एमालेका मेयरका उम्मेदवार दीपक पौडेलको टिकट खोसियो


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

पोखरा । पोखरा महानगरपालिकाको नेकपा एमालेका मेयरका उम्मेदवार दीपक पौडेलको टिकट खोसिएको छ । पौडेलको टीकट खोेसेर एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएको छ । 

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ ।

पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् ।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । उनी २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद