Media Network

पुनसहित विप्लवका चार नेताले छाडे पार्टी


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी छाडेका छन् । 

पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ संयुक्त विज्ञप्ति जारी पार्टीमा नरहने जानकारी गराएका हुन् । 

'संयुक्त विज्ञप्ति'मा भनिएको छ,आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरूलाई हार्दिक धन्यवादसहित भविष्यमा फेरि पनि राजनीतिका कुनै मोर्चामा भेट हुने अपेक्षा गर्दै आजैदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौँ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद