Media Network

प्रभु शाहविरूद्ध पर्‍यो एमालेमा उजुरी


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौँ । नेकपा एमालेका स्थायी कमीटी सदस्य प्रभु शाहविरुद्ध पार्टीमा उजुरी परेको छ । बिहिवार संघिय सांसद तथा नेकपा एमाले केन्द्रय सदस्य रेखा कुमारी झाले एमाले रौतहट जिल्ला अधिवेशनको विषयलाई लिएर शाह विरुद्ध उजुरी दिएकी हुन् । 

झाले रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र अवरोधका बावजुत पनि हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधीकरीहरुलाई नेता कम्रेड प्रभु शाहले अज्ञात स्थानमा लगी सपथ खुवाएको कार्य प्रति घोर निन्दा र भत्सना गर्दै तमाम इमानदार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गरेकी छन् । 

उनले मधेस प्रदेश कमिटी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित रौतहट जिल्ला अधिवेशन सम्पन्न भन्ने विषयमा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग समेत गरेकी छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद