पहिले प्रचण्ड पुत्री अहिले 'रेणुका बा'


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
पहिले प्रचण्ड पुत्री अहिले 'रेणुका बा'
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भरतपुर महानगरकी मेयर छोरी रेनु दाहालका कारण आफ्नो व्यक्तित्व र परिचय फेरिएको बताएका छन् ।

बुधबार भरतपुर महानगरले भूमिहीन दलितहरू जग्गाधनीको प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले मेयर छोरी रेनुले भरतपुर महानगरपालिकाको विकासमा गरेको फड्को प्रति गर्व गर्दै आफुलाई अचेल आम मानिसहरु रेणुका बुबा भनेर सम्बोधन गर्ने गरेको बताएका छन् ।कार्यक्रममा बोल्दै दाहाललले ‘२०७४ सालमा रेनु यहाँ आउँदा प्रचण्डको छोरी आयो भन्थे। यद्यपी उनको त्याग थियो। जनयुद्धको अनुभव थियो ’मलाई खुसी छ अहिले मलाई रेनुको बा भनेर चिन्छन्।’