काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बिस्तार गरेको छ ।९७ जना केन्द्रीय समिति बिस्तार गरेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टी अध्यक्ष प्रचण्डका छोरी र ज्वाई पनि अटाएका छन् । छोरी गंगा दाहाल र ज्वाँई जिवन आचार्यसहित ९७ सदस्य थप हुँदा केन्द्रीय समिति ३ सय ४३ सदस्यीय बनेको छ । अर्की छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु पनि पार्टी केन्द्रीय सदस्य हुन् ।
स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको छ।शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् ।