Media Network

प्रचण्डको गाससँग जोडिएको माडी घटनाको त्यो रात


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलका नेताहरु निर्वाचन लक्षित कार्यक्रममा व्यस्त बन्न थालेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनको भ्रमणमा छन्। 

द्धन्द्धकालीन अवस्थामा नमिठो घटनासँग जोडिएको चितवनको दक्षिणमा अवस्थित माडी नगरपालिका–७ देवेन्द्रपुर टोल पुगेर जनयुद्धका मारिएका एकजना सहिद परिवारको उनले खाना खाए । तात्कालिन बिद्रोही नेकपा माओवादीहरूले २०६२ साल ज्येष्ठ २३ गते बसन्तपुर बजारको बीचमा रहेको बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा परि ४१ जना सर्वसाधारण मानिसहरूले ज्यान गुमाएका थिए । सो घटनाबाट विक्षिप्त बनेका त्यहाँका स्थानियबासीहरुको माओवादीप्रतिको आक्रोश अहिले पनि मेटिन भने सकेको छैन् । यद्यपी माओवादी पार्टीले भने सो घटनामा आफुहरुको कमजोरी रहेको स्वीकार गर्दै आएको छ । पार्टी अध्यक्ष प्रचण्ड स्वंयमले पनि सो घटनालाई मथ्थर पार्न र त्यहाँका जनतासामु पटक पटक हारगुहार गर्ने गरेका छन् ।

माडी पुग्दा सदा झै उनी सहिद परिवारलाई आश्वासन दिन हरतरहका हत्कण्डाहरु अपनाइरहेका हुन्छन् ।

यसैको निरन्तरता स्वरुप यो पटक उनी जनयुद्धका सहिद नीलकण्ठ सुवेदी ’सुवास’को घरमा पुगे, बिहीबार बिहानको खाना खाए । त्यसक्रममा नीलकण्ठका आमा–बुवासँग कुराकानी पनि गरे । यद्यपी ती सहिद परिवारको अनुहारमा विगतमा झै रौनक भने देखिएनन्, माओवादी पार्टी प्रतिको जनविश्वास दिनानुदिन खस्कदै गएकोमा उनीहरु चिन्तित देखिन्थे। सो कुरा उनीहरुले प्रचण्डसामु व्यक्त गरिरहदाँ प्रचण्ड भने निशब्द रहदै एकोहोरो हेरि नै रहे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद