Media Network

प्रचण्डकी नातिनी दृष्टि केसी विद्यार्थी संगठनको केन्द्रीय सदस्य


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी दृष्टि केसी लाई आइतबार अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी संगठनमै संलग्न नभएकी दृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिइन् । ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद