Media Network

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त


खबरस्टोरी संवाददाता

२६ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ । 

जोखबहादुर महरा लुम्बिनी प्रदेशको सहइन्चार्ज भएपछि युवा नेता रमेश मल्ललाई प्रचण्डको प्रमुख स्वकीय सचिव बनाइएको हो । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई जिम्मेवारीबाट हटाएको छ। उनलाई प्रेस सेन्टरको नेतृत्वमा ल्याउने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद