बर्दियाको बारबर्दिया–११ मा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले मंसीरमा चुनाव हुने निश्चित प्रायः भएको बताएका हुन्। चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको दाहालको भनाइ छ।
पूर्व प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन भन्दा अझै सहज हुने भएकाले संसदीय निर्वाचनमा एकै चरणमा गर्ने विषयमा छलफल भइरहेको बताए।