प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ नेता लिउ


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ नेता लिउ
काठमाडौं। आइतबार नेपाल भ्रमणमा आएका चिनिया कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न खुमलटार पुगेका छन्। उनी पहिलो पटक सीपीसीको विभाग प्रमुख बनेपछि नेपाल चार दिने भ्रमणमा आएका हुन्।

काठमाडौं आएलगत्तै उनी आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.  नारायण खड्का लगायत अन्य शीर्ष नेताहरुसँग  शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देशबीच हितको विषयमा छलफल भएको थियो।

जियान्चाओ अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन् । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले आज विहान सुन्दरीजलस्थि बीपी संग्राहलयको भ्रमण गरेका थिए।