काठमाडौ । नेकपा माओवादी केन्द्रका यूवा नेता लेखनाथ न्यौपाने ठुला दलका नेताहरु विरुद्द कडा रुपमा उत्रिएका छन् ।
सामाजिक सञ्जालमा उनले दलका प्रमुख नेताहरुलाई ङ्किंत गर्दै विदेशीको तलुवा चाटेर हुर्केको की आमाको लाम्टा चुसेर हुर्केको भनी व्यङ्ग्यात्मक शैलीमा आक्रोश व्यक्त गरेका छन् ।पछिल्लो समयमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरशन एमसीसीको विषयलाई लिएर सत्ताधारी दल र सत्ता गठबन्धन दलबीच ठुलो मतभेद देखिएको छ ।
सत्ता र गठबन्धनलाई टिकाउन जस्तोसुकै परिस्थितिमा जुनसुकै हदसम्म गिरेर भएपनि संसद र आम नागरिक माझ विवादित बनेको एमसीसी पास गराउन दोहोरो चरित्रसहितको भुमिकामा देखिएको माओवादी केन्द्रका नेताहरु तर्फ संकेत गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।