२०६४ सालमा भएको नेपालको इतिहासमै पहिलो पटक भएको संविधानसभा निर्वाचनमा नेता नेपाल रौतटह जिल्लाको क्षेत्र नम्बर ६ र काठमाडौंको २ नम्बर क्षेत्रका उम्मेदवारी दिएका थिए । तर नेपाल दुई वटै क्षेत्रबाट पराजित भए । रौतहटबाट देवेन्द्र पटेल र काठमाडौंबाट झक्कु सुवेदीले नेपाललाई पराजित गरिदिएका थिए ।
निर्वाचनमा दुबै ठाउँबाट पराजित भएकाबेला नेता नेपालले एमालेको नेतृत्वसमेत सम्हालेका थिए । नैतिकताको आधारमा उनले पार्टी महासचिवबाट पनि राजीनामा दिए । तर जनताबाट पराजित भएका नेपालले प्रधानमन्त्रीमा सिफारिस गरिँदा नैतिकता बिर्सिए । अनि, संविधानसभा भवन छिरे, सिंहदरबारबाट राज्यको प्रमुख प्रशाशनिनक केन्द्रको बागडोर सम्हालेका थिए ।
प्रजातन्त्रको दुहाई दिने राजनीतिक दलका नेताहरुले जनताबाट तिरस्कृत नेतालाई पनि पुनः मनोनित गर्दै प्रधानमन्त्री बनाएपछि संसदीय राजनीतिमा हुने अनैतिकता प्रमाणित भयो ।
यिनै नेता २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पनि पराजित भएका थिए । तर, आफ्नो पराजयलाई उनले सहजै रुपमा लिन सकेनन् । पार्टीभित्र बबण्डर मच्चाइ रहे ।
उता, नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा हालै भएको विधानसभा निर्वाचन अन्तर्गत उत्तराखण्डमा भएको चुनावमा भाजपा नेता पुस्करसिंह धामी पराजित भए ।
मार्चको दोस्रो साता आएको विधानसभा निर्वाचनको परिणाममा धामी कंग्रेसका उम्मेदवार भुवन चन्द्र काप्रीसँग पराजित भएका थिए । पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
तर उनै पराजित धामीलाई हालै उत्तराखण्डको भाजपा विधायक दलको नेतामा निर्वाचित गरिएको छ । ७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो ।
नेपालमा जस्तै भारतीय संविधानमा पनि सांसद नरहेको व्यक्ति ६ महिनासम्म मुख्यमन्त्री वा मन्त्री हुन पाउने व्यवस्था छ ।सोही ब्यस्थाअनुसार उत्तराखण्डमा बहुमत प्राप्त भाजपाले राज्य सरकारको नेतृत्व गर्दैछ । त्यसको सौभाग्य तिनै पराजित नेता धामीले पाएका छन् । धामीले बुधबार (मार्च २३) मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ । धामी यसअघि पनि उत्तराखण्डको मुख्यमन्त्री थिए ।