प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले काठमाडौंमा स्कुल र अफिस जाने एउटै समय भएकाले उक्त समयमा ट्राफिक जाम बढ्नेगरेको बताए। 'ट्राफिक व्यवस्थापन गर्न नसक्नु यहाँको समस्या बन्ने गरेको छ। यसलाई मध्यनजर गर्दै स्कुल र अफिस सञ्चालनको समय फेरौं,' उनले भने।