Media Network

प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्  । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका हुन् ।

पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उनकै निवास चाक्सीबारी पुगेका थिए । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताएका हुन्  । 

मंगलबार बिहान आएको निर्वाचन परिणामअनुसार देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाएका छन्। सिंहले ३७१ अर्का उम्मेद्वार विमलेन्द्र निधिले २४९ र कल्याण्ड गुरुङले २० मत पाएका छन्। देउवालाई सभापतिमा दोस्रो कार्यकालमा निर्वाचित हुने ८२ मत अपुग भएको छ।  ​अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ । 









Share:
Reaction :
ताजा समाचार
खेलकुद