Media Network

प्रलोपाको केन्द्रीय समिति बैठकः १५ बुँदे समसामयिक प्रस्ताव पारित


खबरस्टोरी संवाददाता

२ पुष २०८२,बुधबार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

यही पुस १ र २ गते काठमाडौँमा सम्पन्न बैठकले देशको समसामयिक राजनीति, आसन्न निर्वाचन, सुशासन र जनजीविकाका सवालमा विभिन्न निर्णयहरू गर्दै प्रस्ताव सार्वजनिक गरेको हो ।

बैठकले आगामी फागुन २१ गते घोषित निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न गर्न माग गरेको छ । साथै, विदेशमा रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै र देशका अन्य जिल्लामा रहेका मतदातालाई आफू रहेकै स्थानबाट मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

१८ वर्षमा मतदानको अधिकार पाइने हुँदा सोही उमेरमै उम्मेदवार बन्न पाउने कानुनी व्यवस्था मिलाउन पनि पार्टीले प्रस्ताव पारित गरेको छ ।

पार्टीले लोकतन्त्रको आवरणमा मौलाएको भ्रष्टाचार र नेतान्त्र अन्त्य गर्न आगामी निर्वाचनमा ‘राइट टु रिजेक्ट’ (उम्मेदवार अस्वीकार गर्ने अधिकार) को व्यवस्था तत्काल गर्न माग गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद